مَا مَعِي وَجَهْ قَابِل بِهْ سِوَى حُسُنْ ظَنِّي
तपाईंलाई सामना गर्ने मसित केही छैन, तपाईंमाथिको मेरो शुभ-आशा बाहेक।
Ne
مَا مَعِي وَجَهْ قَابِل بِهْ سِوَى حُسُنْ ظَنِّي
فِيكْ يَا رَبِّ فَارْحَمْنِي وَلَا تَمْتَحِنِّي
तपाईंमाथि राखेको असल आशा बाहेक तपाईंसामु आउने मसँग केही छैन
तसर्थ, हे प्रभु, ममाथि कृपा गर्नुहोस् र मलाई परीक्षामा नपार्नुहोस्
تُبْتْ يَا رَبِّ فَاقْبَلْ تَوْبَتِي وَاعْفُ عَنِّي
وَامْحُ ذَنْبِي وَسَامِحْ كُلَّ تَقْصِيرْ مِنِّي
हे प्रभु, मैले पश्चात्ताप गरेको छु, मेरो पश्चात्ताप स्वीकार्नुहोस् र मलाई क्षमा गर्नुहोस्
मेरा पापहरू मेटिदिनुहोस् र मेरा हरेक कमजोरीहरूलाई माफी दिनुहोस्
خِفِتْ مِنْ عَاقِبَةْ أَمْرِي فَجُدْ لِي بِأَمْنِي
مَحِضْ فَضْلٍ وَإِحْسَانٍ وَجُودٍ وَمَنِّ
म मेरो अन्त्यको परिणामदेखि भयभीत छु, त्यसैले कृपा गरी मलाई सुरक्षा दिनुहोस्
मात्र तपाईंको अनुग्रह, दया, उदारता र कृपाको माध्यमबाट
آه مِنْ عَثْرَتِي يَا رَبِّ مِنْهَا أَقِلْنِي
زَادْ ذَنْبِي وَمِنْ كُثْرِ الْخَطَا حَارْ ذِهْنِي
आहा, हे मेरा प्रभु, मेरा गल्तीहरूका कारण मलाई पतनबाट उठाउनुहोस्
मेरा पापहरू बढेका छन् र गल्तीहरूको भीडले मेरो बुद्धि अलमलिएको छ
أَدْرِكْ أَدْرِكْ بِتَعْجِيلِ الْفَرَجْ وَانْتَقِدْنِي
وَاعْطِنِي عِلِمْ مِنْكَ يَا إِلَهِي لَدُنِّي
मेरो सहायतामा आउनुहोस्, छिटो राहत दिनुहोस् र मेरो उद्धार गर्नुहोस्
अनि मलाई, हे मेरा ईश्वर, तपाईंबाट सिधै प्राप्त हुने दिव्य ज्ञान प्रदान गर्नुहोस्
يَنْجَلِي بِهْ عَنِ الْقَلْبِ الْصَّدِى كُلَّ رَيْنِ
ياَ سَمِيعَ الْدُّعَاءْ سَلْكَ اسْتَجِبْ وَاسْتَمِعْنِي
जसद्वारा हृदयको सबै खिया र हरेक पर्दाहरू हट्नेछन्
हे प्रार्थना सुन्नेवाला, मेरो पुकार सुन्नुहोस् र मलाई उत्तर दिनुहोस्
مَا لِي إِلَّا أَنْتَ مُعْطِي
مَا لِي إِلَّا أَنْتَ مُغْنِي
मलाई प्रदान गर्ने तपाईंबाहेक अरू कोही छैन
मलाई समृद्ध बनाउने तपाईंबाहेक अरू कोही छैन