اَلـلَّـهُ يَـا اَلـلَّـه صَـلَّـى عَـلَـى الـزَّيْـن
हे अल्लाह! ती सुन्दरमाथि आशिष् पठाउनुहोस्।
Ne
اَلـلَّـهُ يَـا اَلـلَّـه
صَـلْـوا عَـلَـى الْـزَّيْـنِ
अल्लाह, हे अल्लाह!
ती सुन्दर (नबी) माथि दरूद पठाउनुहोस्
طَـاطَـا الْـقَـمَـرْلِأَحْـمَـد
وَانْـشَـقَّ نِـصْـفَـيْـنِـى
चन्द्रमाले अहमदको आज्ञा पालन गर्यो
र दुई टुक्रामा विभाजित भयो
أَبُـو بَـكْـرُ يَـا صِـدِّيـقْ
صَـاحِـبِ الْـنَّـبِـى وَرَفِـيـق
हे अबु बकर, हे सिद्दीक
नबीका साथी र घनिष्ट मित्र
بِرُوحُهْ فَدَاهْ فِي الضِّيقْ
مِـنْ لَـدْغَـةِ الْـنِّـيـنِـى
उनले संकटमा आफ्नो प्राण अर्पण गरे
उनका लागि सर्पको डसाइ सहे
لَـمَّـا عُـمَـرْ أَسْـلَـم
فَـرِحَ الْـنَّـبِـى وَتَـبَـسَّـم
जब उमरले इस्लाम स्वीकार गरे
नबी हर्षित हुनुभयो र मुस्कुराउनुभयो
تَـبَـاشَـرَ الْإِسْـلَام
بِـدُخُـولِـهْ فِـي الْـدِّيـنِـى
र इस्लामले शुभ समाचार पायो
उनको धर्ममा प्रवेशसँगै
عُـثْـمَـانُ يَـا عُـثْـمَـان
يَـا جَـامِـعَ الْـقُـرْءَان
हे उस्मान, हे उस्मान
हे कुरआन संकलन गर्नेवाला
صِـهْـرِ الْـنَّـبِـى الْـعَـدْنَـان
زَوَّجَـهُ بِـنْـتَـيْـنِـى
अदनानी नबीका ज्वाइँ
जसले आफ्ना दुई छोरी उनीसँग विवाह गराउनुभयो
عَـلِـىُّ يَـا كَـرَّار
سَـيْـفُـكَ طَـوِيـل بَـتَّـار
हे अली, हे पराक्रमी योद्धा
तपाईँको तरबार लामो र धारिलो छ
يَـا هَـازِمَ الْـكُـفَّـار
قَـتَـلَ الْـمَـلَاعِـيـنِـى
हे अविश्वासीहरूलाई परास्त गर्नेवाला
जसले श्रापित शत्रुहरूलाई संहार गर्नुभयो
جَـاتُـهْ الْـمُـرَبِّـيَـةْ
حَـلِـيـمَـةْ الْـسَّـعْـدِيَّـة
उहाँको धाइआमा उहाँकहाँ आउनुभयो
हलिमा सादिया
قَـالَـتْ وَهَـبُـوةْ لِـيَـا
يَـا رَبِّ هَـنِّـيـنِـى
उनले भनिन्, "उहाँलाई मलाई प्रदान गर्नुहोस्
हे प्रभु, उहाँद्वारा मलाई सौभाग्य दिनुहोस्"
جَـالُـه الْـجَـمَـل جَـالُـه
يَـزْحَـف عَـلَـى عِـقَـالُـه
ऊँट उहाँकहाँ आयो
आफ्नो दाम्लोमा घस्रिँदै
لَـمَّـا جَـالُـه جَـمَـالُـه
سَـلِّـم عَـلَـى الـزَّيْـنِـى
जब उसले उहाँको सुन्दरता देख्यो
उसले ती सुन्दर (नबी) लाई सलाम गर्यो